मापदण्ड नपुगेका नर्सिङ कलेजबाट गुणस्तरहिन जनशक्ति उत्पादन गर्ने खेलमा सांसदहरुनै सक्रिय
swasthyakhabar.com · Fri Jan 26 16:38:35 GMT 2024
काठमाडौं- मापदण्ड नपुगेका नर्सिङ कलेजलाई सञ्चालनमा ल्याई गुणस्तरहिन जनशक्ति उत्पादन गर्ने खेलमा सांसदहरु नै सक्रिय भएका छन्। प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका केही सांसदहरु मापदण्डन नै नपुगेका कलेजहरुलाई फेरि सञ्चालनमा ल्याउन सक्रिय भएका हुन्।
चिकित्सा शिक्षा ऐन २०७५ अनुसार मापदण्ड पूरा गर्न नसकेर बन्द भएका नर्सिङ कलेजको पक्षमा समितिका १० जना सांसद सक्रिय भएको समितिको पछिल्लो निर्देशनले पुष्ट गरेको छ। संसदिय समितिमा रहेका सांसदहरु देवेन्द्र पौडेल, बद्री पाण्डे, दिपा शर्मा, प्रभु हजरा, डा तोसिमा कार्की, बिना जैसवाल, दिपक कार्की, विनिताकुमारी सिंह, रामप्रकाश चौधरी, महेन्द्रकुमार राय र अरुणकुमार चौधरी सदस्य रहेको उपसमितिले मापदण्ड नपुगेका कलेजलाई सञ्चालन गर्न भन्दै कानुन विपरित सञ्चालन गर्न पाउने प्रतिवेदन बनाएका हुन्। उक्त प्रतिवेदनका विषयमा सांसद डा तोसिमा कार्कीले खुलेर विरोध गरेकी छिन् भने अरु सांसदले मौन रहँदै समर्थन जनाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)