हामी निर्वाचनको आन्तरिक तयारीमै छौँः प्रमुख निर्वाचन आयुक्त कार्की
kendrabindu.com · Thu Oct 08 08:36:24 GMT 2026

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचन आयोग स्थानीय तहको आगामी निर्वाचनको आन्तरिक तयारीमै रहेको बताएका छन्।
राष्ट्रिय समाचार समितिको प्रतिनिधिमण्डसँग आज निर्वाचन आयोगमा भएको अनौपचारिक कुराकानीका क्रममा उनले भने, “हामी आगामी निर्वाचनको तयारीमै छौँ, त्यसो त आयोग सदैव निर्वाचनको तायरीमा रहन्छ नै । निर्वाचनको मिति सरकारले तोक्ने हो, यसरी तोकिएको मितिमा निष्पक्ष एवं विवादरहित ढङ्गबाट निर्वाचन सम्पन्न गर्ने दायित्व आयोगको हो, त्यसमा हामी प्रतिबद्ध छौँ ।”
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)