धानमा आत्मनिर्भरता सरकारको प्राथमिकतामा: कृषिमन्त्री अधिकारी
ratopati.com · Thu Aug 28 17:48:00 GMT 2025

काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले धानको उत्पादन बढाई खाद्य सुरक्षा कायम गर्ने र आत्मनिर्भर बन्ने सरकारको प्राथमिकताको विषय रहेको बताएका छन् ।
धानसम्बन्धी अध्ययन अनुसन्धान गर्ने अन्तर्राष्ट्रिय संस्था (इरी) को एसिया निर्देशक डा जोङ्ग सूसँग बिहीबार मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री अधिकारीले नेपाल विगतमा धान, चामलमा आत्मनिर्भर रहे पनि जनसङ्ख्या वृद्धि र भात खाने बानीका कारण चामलको माग एवं खपत बढ्दै गइरहेको बताए । यसैले आन्तरिक उत्पादनले माग नधानेपछि पछिल्ला वर्षहरूमा धान चामल आयातमा ठुलो धनराशि खर्च हुने गरेको प्रसङ्ग उल्लेख गर्दै उत्पादकत्व बढाउने र बढ्दो लागत घटाउनेतर्फ मन्त्रालयले काम गरिरहेको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)