मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सधै चुनावी भर्‍याङ बन्ने टरिगाउँ विमानस्थल

hamrakura.com · Tue Feb 13 00:00:00 GMT 2024

लुम्बिनी । कुनै पनि समयमा होस् जब चुनावको माहोल तातिन थाल्छ अनि एयरपोर्टको चर्चा चुलिन्छ ।भाषण र घोषणापत्रमा आश्वासन हुन्छन्, जहाज ल्याउँछौँ, जिल्लाबासीलाई अब काठमाडौँ जान सहज बनाउँछौँ । चुनावअघि नारा बनेर घन्किने एयरपोर्टको नाम चुनावपछि हराउँछ । त्यो एयरपोर्ट हो, २०११ सालमा निर्माण भएको दाङको टरिगाउँ एयरपोर्ट । निर्माण भएपछि विमान उडेको उक्त विमानस्थल लामोसमय गौचरण र झाडीमा परिणत बन्यो ।

तुलसीपुर उपमहानगरपालिकास्थित रहेको टरिगाउँ विमानस्थल नेपालकै दोस्रो पुरानो मानिन्छ। चुनावताका दलहरुको अजेण्डा बन्ने विमानस्थल चुनाव जित्ने भर्‍याङको रुपमा प्रयोग हुँदै आएको छ । निर्वाचनमा नेताहरुको प्राथमिकतामा पर्ने विमानस्थल विजयी भएकाले बिर्सिन्छन् भने पराजय भएका उम्मेदवार नेताहरुले चासोसमेत नराखेको पाइएको छ । जुन चुनावी फण्डा विगतदेखि वर्तमानसम्म चल्दै आएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)