नाना पाटेकरको कहाँ हुँदैछ अन्त्येष्टि ?
kendrabindu.com · Thu Oct 08 09:05:14 GMT 2026

काठमाडाैं । भारतीय अभिनेता नाना पाटेकरको अन्त्येष्टि बिहीबार महाराष्ट्रको पुणेस्थित आफ्नै फार्महाउसमा गरिने भएको छ। ७५ वर्षीय पाटेकरको बिहीबार बिहान गोवास्थित निवासमा हृदयाघातका कारण निधन भएको थियो।
‘नाम फाउन्डेसन’का सीईओ गणेश थोरातका अनुसार पाटेकरको पार्थिव शरीर बिहीबार साँझ करिब ५ बजे पुणे लगिनेछ। त्यसपछि पुणेको डोणजेस्थित फार्महाउसमा प्रशंसक तथा शुभेच्छुकका लागि अन्तिम दर्शनको व्यवस्था गरिनेछ। सोही परिसरमा उनको अन्तिम संस्कार गरिनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)