हाजिर गर्ने सांसद १५८, बैठकमा उपस्थित ५०
ekantipur.com · Sat Feb 25 01:05:30 GMT 2023
काठमाडौँ — प्रतिनिधिसभाका सांसद हाजिर गरेर बाहिरिएपछि गणपूरक संख्या नपुगेकै कारण शुक्रबार संसद् बैठक स्थगित भएको छ । बैठक अघिबढ्न नसकेपछि राष्ट्रिय सभाबाट पारित ‘अनुगमन तथा मूल्यांकन विधेयक २०७८ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रक्रियामा जान सकेन ।
संसद् सचिवालयका अनुसार १ सय ५८ जना सांसदले शुक्रबारको बैठकमा हाजिर गरेका थिए । तर, प्रस्ताव पेस हुँदा ५० जना मात्रै सांसद थिए । गणपूरक संख्या पुग्न ६९ जना उपस्थित हुनुपर्थ्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)