मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

एल निनो डिसेम्बरमा उत्कर्षमा पुग्ने

ratopati.com · Thu Oct 08 09:37:35 GMT 2026

काठमाडाैँ । प्रशान्त महासागरको समुद्री सतहको तापक्रम असामान्य रूपमा बढेसँगै एल निनो तीव्र बन्दै गएको र आगामी डिसेम्बरमा उत्कर्षमा पुग्ने संयुक्त राष्ट्रसङ्घको विश्व मौसम विज्ञान सङ्गठन (डब्लुएमओ) ले जनाएको छ । यस पटकको एल निनो सन् १९५० यताकै सबैभन्दा शक्तिशालीमध्ये एक हुनसक्ने चेतावनी दिइएको छ।

डब्लुएमओका प्रमुख सेलेस्ट साउलोले एल निनो ‘दृढ रूपमा स्थापित र तीव्र गतिमा सुदृढ भइरहेको’ बताए। उनका अनुसार यो अवस्था सन् २०२७ को फेब्रुअरीसम्म कायम रहने सम्भावना झण्डै शतप्रतिशत छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)