मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

एलिनाको पत्रकारलाई प्रश्न– ‘तपाईँको डिभोर्स भएर दिन–दिनै त्यही कुराले कोट्यायो भने चित्त बुझ्छ ?’

kalakarmi.com · Thu Oct 08 09:36:15 GMT 2026

काठमाडौं – गायिका एलिना चौहान पछिल्लो समय आफ्नो व्यक्तिगत जीवनसँग जोडिएका विषयमा बारम्बार प्रश्न गरिएपछि पत्रकारहरूसँग आक्रोशित भएकी छिन् । विशेषगरी भिडियो मिडियाका पत्रकारहरूले अन्तर्वार्ताका क्रममा पटक–पटक उनको नाम पूर्व श्रीमान् विष्णु सापकोटासँग जोडेर प्रश्न गर्न थालेपछि एलिनाले असन्तुष्टि व्यक्त गरेकी हुन् ।

आफ्नो सम्बन्ध र डिभोर्सको विषयमा आफूले आवश्यक कुरा सार्वजनिक रूपमा बताइसकेको भन्दै एलिनाले पटक–पटक त्यही विषयमा प्रश्न गरेर आफूलाई असहज नबनाउन पत्रकारहरूलाई आग्रह गरेकी छिन् । उनले व्यक्तिगत जीवनसँग जोडिएको संवेदनशील विषयलाई समाचार र अन्तर्वार्ताको मुख्य विषय बनाइरहँदा आफूलाई मानसिक रूपमा असहज हुने बताएकी छिन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)