१० लाख घुस लिएका नापी अधिकृत वली अख्तियारकाे फन्दामा, भ्रष्टाचार मुद्दा दायर
ratopati.com · Thu Oct 08 09:45:44 GMT 2026

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, डिल्लीबजारअन्तर्गत ३ नं. नापी टोली, माछापोखरीमा कार्यरत नापी अधिकृत डिल्लीबहादुर वलीविरुद्ध बिहीबार विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
छुट जग्गा दर्ताको सिफारिससहितको मिसिल तथा आवश्यक कागजात भूमि प्रशासन कार्यालय, मनमैजु, काठमाडौँमा पठाइदिने र छुट जग्गा दर्ताको काममा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग रु. १० लाख घुस मागेको आरोप वलीमाथि लागेको आयोगले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)