मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विपद् अध्ययन समितिका सभापति पौडेलले लिए शपथ

nagariknews.nagariknetwork.com · Thu Oct 08 09:33:08 GMT 2026

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले ‘भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समिति’का सभापति कृष्णप्रसाद पौडेललाई पद तथा गोपनीयताको शपथ गराएका छन्।

राष्ट्रिय सभाको यही असोज १६ गते बसेको बैठकले राष्ट्रियसभा नियमावली, २०७५ को नियम १६७ बमोजिम एक सदस्यपछि थप गर्ने गरी नौ सदस्यीय विशेष समिति गठन गरेको थियो। समितिको सभापतिमा पौडेल निर्विरोध निर्वाचित भएका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)