विपद् अध्ययन समितिका सभापति पौडेलद्वारा शपथ ग्रहण
nepalnews.com · Thu Oct 08 10:08:05 GMT 2026

काठमाडौं। राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले ‘भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समिति’का सभापति कृष्णप्रसाद पौडेललाई आज पद तथा गोपनीयताको शपथ गराएका छन्।
राष्ट्रियसभाको यही असोज १६ गते बसेको बैठकले राष्ट्रियसभा नियमावली, २०७५ को नियम १६७ बमोजिम एक सदस्यपछि थप गर्ने गरी नौ सदस्यीय विशेष समिति गठन गरेको थियो। समितिको सभापतिमा पौडेल निर्विरोध निर्वाचित भएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)