मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमाले छाड्नु जीवनकै ठूलो भूल भयो: खनाल

barnanmedia.com · Thu Oct 08 10:04:53 GMT 2026

​काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले माधवकुमार नेपालको अध्यक्ष बन्ने व्यक्तिगत महत्वाकांक्षाका कारण तत्कालीन नेकपा (एमाले) जोगाउन गरिएको १० बुँदे सहमति भाँडिएको गम्भीर खुलासा गरेका छन्। भारतको अस्पतालमा मृत्युसँग लडिरहेका बेला नेपालले ‘ओलीले कुनै पनि बुँदा मानेनन्’ भनी झुटो विवरण दिएर एमालेलाई विभाजनको खाडलमा धकेलेको उनको दाबी छ।

​सञ्चारमाध्यम संग कुरा गर्दै नेता खनालले २०७८ सालमा भएको एमाले विभाजनको भित्री राजनीतिक खेलको पटाक्षेप गरेका हुन्। सर्वोच्च अदालतको फैसलापछि पार्टीभित्रको विवाद मिलाउन १० बुँदे कार्यदल बनेको समयमा खनाल मिर्गौला प्रत्यारोपणका लागि भारतको एपोलो अस्पतालमा थिए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)