मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपाल प्रहरी र सशस्त्रमा एआइजी बढुवा, गुप्तचरमा उपेक्षा

nayapatrikadaily.com · Tue Jun 07 00:32:00 GMT 2022

सरकारले नेपाल प्रहरीमा पाँच र सशस्त्र प्रहरीमा एक डिआइजीको एआइजीमा बढुवा गरी पदस्थापन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका उत्तमराज सुवेदी, अरुण बिसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंहलाई एआइजीमा बढुवा गरेको हो । उनीहरूको पदस्थापनसमेत भएको छ ।

सुवेदीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)मा पदस्थापन गरिएको छ । त्यस्तै, उपत्यका प्रहरी कार्यालयको प्रमुखमा रवीन्द्र धानुकको सरुवा भएको छ । उनी यसअघि प्रशासन विभागमा कार्यरत थिए । बढुवा भएका मुकुन्द आचार्यको प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानमा पदस्थापन भएको छ । उनी त्यहीँ निमित्तको रूपमा कार्यरत थिए । त्यस्तै, पूजा सिंहको मानव स्रोत विकास विभाग, दिवेश लोहनीको अपराध अनुसन्धान विभाग र अरुण बिसीको प्रशासन विभागमा पदस्थापन भएको छ । आइजिपी नियुक्तिमा असन्तुष्टि जनाई लामो बिदामा रहेका एआइजी विश्वराज पोखरेल प्रदेश समन्वय विभागमा सरुवा हुँदा सहकुल थापालाई भने कार्य विभागमै यथावत् राखिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)