मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

फागुनभित्रै योजना सक्दै स्थानीय तह

lokaantar.com · Wed Dec 22 01:03:31 GMT 2021

निर्वाचन हुने समय आउन थालेपछि स्थानीय तहले चालू आर्थिक वर्ष (२०७८/०७९)का विकासका योजना आगामी फागुनभित्रै सम्पन्न गर्ने भएका छन् । स्थानीय तहका जनप्रतिनिधिको यस वर्ष अन्तिम कार्यकाल भएको र चैतभित्र स्थानीय तहको निर्वाचन गर्नुपर्ने भएकाले आगामी फागुनभित्रै सबै योजना सम्पन्न गर्ने तयारीमा स्थानीय तह जुटेका छन् ।

गत वर्ष पुस, माघदेखि मात्र सुरु गरिने कतिपय योजना यस वर्ष असोजदेखि नै कार्यान्वयन भइरहेका छन् । नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले चालू आवमा गर्नुपर्ने सबै योजना र कार्यक्रम फागुनभित्रै सम्पन्न गर्न पालिकालाई यसअगाडि नै आग्रह गरिसकेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)