साउदी विमानस्थलमा इरान समर्थित हुथीको आक्रमण, तीनको मृत्यु
bishowkhabar.com · Thu Oct 08 10:49:36 GMT 2026

काठमाडौं– साउदी अरेबियाका दुई अन्तर्राष्ट्रिय विमानस्थलमा हुथी विद्रोहीले गरेको आक्रमणमा तीन जनाको मृत्यु भएको छ भने ३६ जना घाइते भएका छन् । घटनापछि साउदी नेतृत्वको गठबन्धनले हुथीविरुद्ध जवाफी कारबाही तीव्र बनाएको छ ।
साउदी नागरिक उड्डयन प्राधिकरणका अनुसार मङ्गलबार र बुधबार आभा अन्तर्राष्ट्रिय विमानस्थल तथा रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरी आक्रमण भएको थियो । आभामा एक इजिप्टेली र एक अल्जेरियाली तथा रियादमा एक सुडानी नागरिकको मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)