चितवनमा मोटरसाइकल दुर्घटना‚ तीनजनाको मृत्यु
thahakhabar.com
चितवन : ईच्छाकामना गाउँपालिका-२ रमाइलो डाँडामा मोटरसाइकल दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही वडाका मोटरसाइकल चालक ३४ वर्षीय रविन गुरुङ‚ पछाडि सवार ३० वर्षीया तृप्ति गुरुङ र पाँच वर्षीय आर्यन गुरुङ रहेका छन्।
ईलाका प्रहरी कार्यालय, टाँडीका प्रहरी निरीक्षक रोशन खड्काका शुक्रबार बेलुका पाँच बजे प्रदेश २–०३–००२ प ५९८६ मोटरसाइकल अनियन्त्रित भई डाँडाबाट करिब ५०० मिटर तल खसेको थियो। उनीहरुको घटनास्थलमै मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)