नापी अधिकृत वलीविरुद्ध भ्रष्टाचार मुद्दा दायर
gorkhapatraonline.com · Thu Oct 08 11:03:13 GMT 2026

छुट जग्गा दर्ताको सिफारिससहितको फाइल सम्बन्धित कार्यालयमा पठाइदिने र दर्ता प्रक्रियामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग १० लाख रुपियाँ घुस लिएको आरोपमा नापी अधिकृत डिल्लीबहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नम्बर नापी टोली, माछापोखरीका टोली प्रमुखसमेत रहेका वलीविरुद्ध बिहीबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)