श्रमिकलाई चाडपर्व खर्च नदिए उजुरी गर्न श्रम विभागको आह्वान
khabarhub.com · Thu Oct 08 11:04:09 GMT 2026

काठमाडौं – युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग, बबरमहलले आफ्ना श्रमिकहरूलाई अनिवार्य रूपमा चाडपर्व खर्च उपलब्ध गराउन समस्त रोजगारदाता तथा प्रतिष्ठानहरूलाई ताकेता गरेको छ ।
विभागले बिहीबार जारी गरेको विज्ञप्ति अनुसार श्रम ऐन, २०७४ को दफा ३७ मा प्रचलित धर्म, संस्कृति तथा परम्परा अनुसार मनाइने चाडपर्वका लागि प्रत्येक श्रमिकले खाईपाई आएको एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम प्रत्येक वर्ष चाडपर्व खर्चका रूपमा पाउने स्पष्ट कानुनी व्यवस्था रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)