मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चाडपर्वमा हवाई भाडा नबढाउन वायुसेवा कम्पनी सहमत

nepalnews.com · Thu Oct 08 11:07:30 GMT 2026

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेश) को सक्रियतापछि आन्तरिक वायुसेवा कम्पनीहरू स्वीकृत भाडादर भन्दा सस्तोमा टिकट बिक्री–वितरण गर्न सहमत भएका छन्।

नजिकिँदो चाडपर्वको मौका छोपेर हवाई भाडादर बढाएको भन्ने गुनासो आएपछि प्रधानमन्त्री शाहले यसबारे चासो देखाएका थिए। त्यसपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आज सम्बन्धित आन्तरिक वायुसेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिसँग छलफल गरेको हो। उक्त छलफलपछि स्वीकृत भाडादर भन्दा सस्तोमा टिकट बिक्री–वितरण गर्ने/गराउने विषयमा वायुसेवा कम्पनीहरू सहमत भएका क्यानले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)