सेयर बजारको धरातल
arthasansar.com · Thu Oct 08 09:45:49 GMT 2026

सन् १९५० को दशकमा अमेरिकी श्रमिक नेता वाल्टर रयुथरलाई कारखानाका स्वचालित मेसिन देखाउँदै एक कार कम्पनीका अधिकारीले भनेका थिए, "यी मेसिनले युनियनलाई शुल्क तिर्दैनन्।" रयुथरको जवाफ थियो, "अनि यिनले तपाईंका कार पनि किन्दैनन्।" सात दशक वर्षपछि AI को युगमा यो प्रश्न झनै गंभीर भएको छ। कामदारको आम्दानी घट्दै जाने हो भने उत्पादन किन्ने को ?
अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार विश्वको करिब ४०% रोजगारी AI को प्रभावमा पर्न सक्छ, विकसित देशमा ६०% सम्म। विश्व आर्थिक मञ्चले सन् २०३० सम्म १७ करोड नयाँ रोजगारी बन्ने र ९.२ करोड विस्थापित हुने अनुमान गरेको छ। संख्या होइन, सीपको खाडल खतरनाक हुन्छ। गुम्ने रोजगारी र नयाँ रोजगारी बीचको दक्षता को खाडल बढ्ने छ। यो बहस अझै नेपाल लाई छुदैन की जस्तो लाग्छ। तर नेपालको अर्थतन्त्र र सेयर बजार दुवै यसबाट प्रभावित हुने छन।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)