मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमालेले तोक्यो स्थानीय तहको अधिवेशन मिति

ratopati.com · Thu Oct 08 11:11:34 GMT 2026

काठमाडौँ । नेकपा (एमाले) ले पार्टीका स्थानीय तहका कमिटीहरूको अधिवेशन मिति तोकेको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा केन्द्रीय कार्यालय, च्यासलमा बिहीबार बसेको स्थायी कमिटीको बैठकले पार्टीका वडा कमिटीहरूको अधिवेशन आगामी मङ्सिर २६ गते र पालिका तहको अधिवेशन आगामी पुस ४ गते सम्पन्न गर्ने निर्णय गरेको हो ।

बैठकको आरम्भमा पार्टीको केन्द्रीय कमिटीको तेस्रो बैठकबाट वरिष्ठ नेतामा मनोनीत भएकी विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी थिइन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)