साउदी विमानस्थलमा हुथी आक्रमण, तीनको मृत्यु
himalpress.com · Thu Oct 08 11:29:15 GMT 2026

काठमाडौँ- साउदी अरेबियाका दुई अन्तर्राष्ट्रिय विमानस्थलमा हुथी विद्रोहीले गरेको आक्रमणमा तीन जनाको मृत्यु भएको छ भने ३६ जना घाइते भएका छन्। घटनापछि साउदी नेतृत्वको गठबन्धनले हुथीविरुद्ध जवाफी कारबाही तीव्र बनाएको छ।
साउदी नागरिक उड्डयन प्राधिकरणका अनुसार मंगलबार र बुधबार आभा अन्तर्राष्ट्रिय विमानस्थल तथा रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरी आक्रमण भएको थियो। आभामा एक इजिप्टेली र एक अल्जेरियाली तथा रियादमा एक सुडानी नागरिकको मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)