मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कोशी प्रदेशसकोशी प्रदेशसभाः आर्थिक कार्यविधिसम्बन्धी विधेयकमाथि दफावार छलफल हुनेभाः आर्थिक कार्यविधिसम्बन्धी विधेयकमाथि दफावार छलफल हुने

barnanmedia.com · Thu Oct 08 11:16:32 GMT 2026

कोशी प्रदेशसभाको आजको बैठकमा ‘प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक’ दफावार छलफलका लागि पेस भएको छ । कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले सो विधेयक सदनमा दफावार छलफलका लागि पेस गर्नुभएको हो ।

सदनमा कोशी प्रदेशसभा नियमावली मस्यौदा समितिको गठन सम्बन्धमा उपसभामुख सृजना दनुवारले प्रस्ताव पेस गर्नुभयो । प्रदेशका सामाजिक विकासमन्त्री गीता तिम्सिनाले सदनको शून्य र विशेष समयमा उठेका प्रश्नको जवाफ दिँदै १०औँ राष्ट्रिय खेलकुदका निम्ति प्रदेश सरकारले रु आठ करोड बजेट विनियोजन गरेको जानकारी दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)