७ हजार ३७७ पुगे कांग्रेस महाधिवेशन प्रतिनिधि
ratopati.com · Thu Oct 08 11:38:59 GMT 2026

काठमाडाैँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा प्रतिनिधि संख्या थपिएका छन्।
निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार महाधिवेशन प्रतिनिधि ७ हजार ३७७ जना पुगेका छन्। यसअघि महाधिवेशन प्रतिनिधि ७ हजार २५५ जना थिए।