आइतबार अन्त्येष्टि गरिने
nayapatrikadaily.com · Sat Aug 20 20:11:00 GMT 2022
समाजवादी चिन्तक कांग्रेस नेता प्रदीप गिरिको आइतबार अन्त्येष्टि गरिने भएको छ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माका अनुसार आइतबार नै अन्त्येष्टि गरिने भएको छ ।
गिरिको शव बिहान ११ बजेसम्म मेडिसिटी हस्पिटलको शिवालयमा राखिनेछ । त्यसपछि, २ बजेसम्म कांग्रेस केन्द्रीय कार्यालयमा रहेको बिपी स्मृति भवनमा राखिने केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)