स्वास्थ्य मन्त्रालयमा अब एक जना मात्र सचिव, डा. विकास देवकोटालाई पूर्ण जिम्मेवारी
swasthyakhabar.com · Mon Jun 08 11:33:18 GMT 2026

काठमाडौं - स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा अबदेखि एक जना मात्र सचिवको दरबन्दी रहने भएको छ। सरकारले स्वीकृत गरेको 'नेपाल सरकार कार्य विभाजन नियमावली, २०८३' अनुसार साविकका २२ वटा मन्त्रालयलाई घटाएर १८ वटा कायम गरेसँगै निजामती प्रशासनतर्फका सचिवहरूको दरबन्दी मिलान सुरु गरिएको छ।
दुई जना सचिवको दरबन्दी रहेका मन्त्रालयहरूमा दरबन्दी कटौती गरी एक जना मात्र कायम गर्ने नयाँ व्यवस्था लागू गर्दै सरकारले कुल २३ जना सचिवको पदस्थापन तथा जिम्मेवारी हेरफेर गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)
काठमाडौँ