अमेरिकामा मोदीले भने, ‘भारत लोकतन्त्रको जननी हो’
annapurnapost.com · Sat Jun 24 01:02:45 GMT 2023
अमेरिका : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको भ्रमणमा छन्। राजकीय भनिएको यो उनको पहिलो भ्रमणमा ह्वाइट हाउसले विशेष स्वागतसहित सम्मान गर्यो। अमेरिकी राष्ट्रपति जो बाइडेन र मोदीबीच एकअर्काको प्रशंसा निरन्तर चलिरह्यो। यसै क्रममा मोदीले अमेरिकी संसद्लाई समेत विशेष सम्बोधन गरे र भने, ‘इन्डिया इज् द मदर अफ डेमोक्र्यासी।’ अर्थात् भारत लोकतन्त्रको जननी हो।
उनले भारतको लोकतन्त्रका बारेमा विश्व समुदायले सिक्न सक्नेसमेत भन्न भ्याए। भने, ‘लोकतन्त्र भनेको मात्रै कागजमा भएको स्वतन्त्रता होइन, महिला अधिकार र अन्य थुपै्र कुरा भारतसँग छ। जुन अन्य देशले सिक्नुपर्छ।’ उनले भारतमा करिब २५ हजार राजनीतिक दलहरू रहेको बताए। तर, पनि लोकतन्त्रको सम्मान सबैले गरेको उनको तर्क थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)