मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बालविवाह अन्त्य गर्न थप प्रयास आवश्यक : युनिसेफ

gorkhapatraonline.com · Thu Oct 08 11:59:26 GMT 2026

नेपालले विगत एक दशकमा बालविवाह घटाउन उल्लेखनीय प्रगति गरेको छ। तर सन् २०३० सम्म बालविवाह अन्त्य गर्ने लक्ष्य हासिल गर्न अझ तीव्र प्रयास आवश्यक रहेको युनिसेफको नयाँ पैरवी प्रतिवेदन ‘नेपालमा बालविवाह अन्त्यका लागि एक दशकको तथ्यांक र एक आह्वान’ ले देखाएको छ।

हरेक वर्ष अक्टोबर ११ मा मनाइने अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा यो पैरवी प्रतिवेदन सार्वजनिक गरिएको हो। यस वर्षको विश्वव्यापी नारा “बालविवाह अन्त्य गरौं, बालिकाको अधिकारमा लगानी गरौं” ले बालविवाह रोक्न थप प्रयास गर्न र बालिकाले पढ्न, अघि बढ्न र आफ्नो भविष्य आफैँ बनाउन पाउने सुनिश्चित गर्नुपर्ने आवश्यकतामा जोड दिन्छ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)