अमेरिकाले दुई खेल खेल्नुअगावै जित्यो लिग २ क्रिकेटको उपाधि
onlinekhabar.com · Thu Oct 08 07:53:24 GMT 2026
२२ असोज, काठमाडौं । अमेरिकाले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को उपाधि जितेको छ । बुधबार डलासस्थित ग्रान्ड प्रेरी स्टेडियममा नामिबियालाई ४ विकेटले पराजित गर्दै अमेरिकाले लिग २ को उपाधि पक्का गरेको हो ।
नामिबियाले दिएको २९९ रनको लक्ष्य अमेरिकाले ४८ ओभर ५ बलमा ६ विकेट गुमाएर पूरा गर्यो । अमेरिकाको जितमा कप्तान मोनांक पटेलले १०८ रनको शतकीय पारी खेले । स्मित पटेलले ५० तथा शेहान जयसूर्याले ७४ रन बनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)