मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

समानुपातिकको नाम फेर्न नपाइने

ekantipur.com · Mon Sep 19 00:51:55 GMT 2022

काठमाडौँ — ६२ दिनपछि हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन कार्यक्रम आइतबार सुरु भएको छ । मंसिर ४ मा हुने निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची आइतबार र सोमबार बुझाइसक्नुपर्ने कार्यतालिका छ । आइतबार चार दलले उम्मेदवारको नाम बुझाएका छन् भने प्रमुख दलहरू सोमबार मात्रै सूची बुझाउने तयारीमा छन् ।

निर्वाचन आयोगमा आइतबार दिनभरजसो दलका प्रतिनिधिहरू बन्दसूची बुझाउन आवश्यक कागजात, प्रक्रिया र नाम परिवर्तन गर्न पाइने/नपाइनेबारे जानकारी लिइरहेका थिए । आयोगले बन्दसूचीमा समावेश गरिएका उम्मेदवारको नाम संशोधन गर्न सकिने तर पूरै परिवर्तन गर्न नमिल्ने जानकारी दिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)