हिमालयन रि-इन्स्योरेन्स ठगी र सम्पत्ति शुद्धीकरण प्रकरण : भट्ट, गोल्छा, सिलवालसहित २० जनाविरुद्ध मुद्दा दायर
ratopati.com · Thu Oct 08 12:10:54 GMT 2026

काठमाडौँ । हिमालयन रि-इन्स्योरेन्स लिमिटेडको कोष अपचलन तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) गरेको अभियोगमा व्यवसायी दीपक भट्ट, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा, नेपाल बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष सूर्यप्रसाद सिलवाल र प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपासना पौडेलसहित २० व्यक्ति तथा संस्थाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४, सम्पत्ति शुद्धीकरण (निवारण) ऐन २०६४ तथा बीमा ऐन २०७९ बमोजिम दायर गरेको अभियोगपत्रमा प्रतिवादीहरूबाट २३ करोड ९२ लाख ५ हजार ६४ रुपैयाँ १० पैसा बिगो कायम गरी सो बराबरको रकम असुल, दोब्बर जरिवाना, कैद सजाय तथा सम्पत्ति जफतको मागदाबी गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)