चौथो वरियाताप्राप्त केनिन पनि बाहिरिन् - देखापढी
dekhapadhi.com · Mon Jun 07 16:40:00 GMT 2021
एजेन्सी। चौथो वरियाताकी सोफिया केनिन ग्रिसकी मारिया साकारीसँग पराजित हुँदै फ्रेन्च ओपनको अन्तिम १६ बाट बाहिरिएकी छन्। १७औं वरियाताप्राप्त साकारीले अमेरिकाकी केनिनलाई ६–१, ६–३ को सेटमा सहज विजय हासिल गरेकी हुन्। साकारी पनि पहिलोपटक ग्राण्ड स्लामको क्वार्टरफाइनलमा स्थान बनाउन सफल भएकी हुन्। २५ वर्षिया साकारीले अब सेमिफाइनल प्रवेशका लागि मार्टा कोस्ट्युक र इगा स्विटेकबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछिन्।
स्रोतमा पूरा पढ्नुहोस् (dekhapadhi.com)