अपाङ्गता भएका मतदाताका लागि पहुँचयुक्त मतदान प्रणाली माग्दै सर्वोच्चमा रिट
rajdhanidaily.com · Thu Oct 08 12:22:29 GMT 2026

काठमाडौं । दृष्टिविहीन तथा अन्य अपाङ्गता भएका व्यक्तिले आफूले रोजेको उम्मेदवार पहिचान गरी स्वतन्त्र र गोप्य रूपमा मतदान गर्न सक्ने प्रविधिमा आधारित पहुँचयुक्त मतदान प्रणाली आगामी निर्वाचनदेखि लागू गर्न माग गर्दै सर्वोच्च अदालतमा परेकाे रिट निवेदनमा विपक्षीका नाममा कारण देखाऊ आदेश जारी भएको छ ।
साथका अध्यक्ष नविना ज्ञवाली, दृष्टिविहीन कल्याण संघका तर्फबाट निर्मला ज्ञवाली तथा महिला, कानून र विकास मञ्च (एफडब्लुएलडी) का तर्फबाट अधिवक्ता सुष्मा गौतमसमेतले नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र निर्वाचन आयोगलगायतलाई विपक्षी बनाई असोज २१ गते रिट दर्ता गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)