मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एनआईसी एशिया बैंकद्वारा ललितपुर, कालिकोट, डोटी, अछाम र गोरखाका ६ सामुदायिक विद्यालयलाई विशेष सहयोग प्रदान

clickmandu.com · Thu Oct 08 12:26:03 GMT 2026

काठमाडौं । एनआईसी एशिया बैंकले ललितपुर, कालिकोट, डोटी, अछाम र गोरखा जिल्लाका ६ वटा सामुदायिक विद्यालयलाई विशेष सहयोग प्रदान गरेको छ ।

एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गोदावरी नगरपालिका–१, गोदामचौर, ललितपुरस्थित दमाइटार आधारभूत विद्यालय, नरहरीनाथ गाउँपालिका–६, कालिकोटस्थित नन्दादेवी माध्यमिक विद्यालय, शिखर नगरपालिका–५, तिजाली, डोटीस्थित राधाकृष्ण माध्यमिक विद्यालय, बान्नीगढी, जयगढ, अछामस्थित नन्दा माध्यमिक विद्यालय र राष्ट्रभाषा माध्यमिक विद्यालयका साथै गोरखा नगरपालिका–३, नरेश्वर, गोरखास्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयमा विद्यार्थीहरुको पठनपाठन अझ सहज र सरल बनाउँदै गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्ने उद्देश्यका साथ पानी शुद्धिकरण प्लान्ट, विद्यालय पोशाक, प्रिन्टर, ल्यापटप, डेस्कटप कम्प्युटर र शैक्षिक सामग्रीहरु उपलब्ध गराएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)