सत्ता स्वार्थको भिडले भद्रगोल
rajdhanidaily.com · Sat Aug 06 16:41:18 GMT 2022
राजनीतिको नयाँ रूप देख्दा हाम्रो देशको राजनीतिलाई रंगीन भन्न मन लाग्छ । राजनीतिको नेतृत्व फेरिएर रंगीन भने भएको होइन । नेतृत्व उही छ, प्रक्रिया फरक छ । रोएजस्तो पनि उही गर्ने, कुटेजस्तो पनि उही गर्ने, जनता झुक्याउने खेल । आयो दसैं फेरि मंसिरमा, गयो दशैं यसै वैशाखमा । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गराउने श्रेय उही पुराना बुढालाई जान लागेको छ । डडेल्धुराका बुढा, बोली स्पष्ट छैन, यिनैले फास्ट ट्रयाकमा नागरिकता विधेयक ल्याए । आप्mनालाई मात्रै होइन, अरूलाई पनि, भित्रभित्रै गोटी चाल्न खप्पिस छन् यिनी । एमसीसीमा जिल्याए नेपालीलाई, एसपीपीमा हालत उही छ । माइतीको राखी बाँधेको खेर जाने कुरै भएन ।
ठूला देशका नेताहरू पद छोडेपछि नोकरी खोज्दै हिँड्छन्, देश बनाउँछन् । आपूm गरिबै रहन्छन् । हाम्रा नेताहरू या त पदलाई घाटसम्म लैजान्छन्, या नसकेपछि सेयर लगानी, कम्पनीका मालिक, या विदेशी राजदूत हुन खोज्छन् । धनी नै बन्न खोज्छन् । अन्यत्रजस्तो राजनीतिलाई सेवाका रूपमा हेर्ने चलन यहाँ छैन । देश बिगारेर पनि आपूm भने सप्रिन्छन् । संघीयताको आगमनसँगै राजनीतिको निजीकरण भएको छ । नेताको रोजगारी बढेको छ । जनताको घटेको छ । यसै सन्दर्भमा दशैंपछि आउँदै छ अर्को दशैं– महादशैं महँगीको मार । र त, दुईपल्ट पेट्रोलियम पदार्थको भाउ घटेर आउँदा यहाँ घट्दैन । बढेर आउने सुइँको नपाई रातारात बढी सक्छ । त्यही सहर हो, फोहोर उठ्न छाडेको छ, बालेनलाई थकित गराउने, हर्क राई र हमालहरू पीडित हुने र रविहरू फाइल खोल्छौं भन्ने देश हाम्रो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)