आर्थिक पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक : राष्ट्रपति पौडेल
baahrakhari.com · Thu Oct 08 12:46:05 GMT 2026

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको आर्थिक विकास, औद्योगिक विस्तार र रोजगारी सिर्जनाका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी तथा सदस्यहरूसँग राष्ट्रपति भवन शीतलनिवासमा बिहीबार भएको भेटमा उनले यस्तो जोड दिएका हुन् । राष्ट्रपति पौडेलले निजी क्षेत्रलाई आर्थिक विकासको महत्त्वपूर्ण साझेदारका रूपमा उल्लेख गर्दै उद्यमशीलता विस्तारका लागि अनुकूल वातावरण निर्माण गर्नुपर्ने बताए ।
पौडेलले पछिल्लो समय नेपालले ठूलो प्राकृतिक विपद्को सामना गर्नुपरिरहेको उल्लेख गरे । विपद्का कारण जनजीवनसँगै पूर्वाधार तथा आर्थिक गतिविधिमा समेत गम्भीर असर परेको उनको भनाइ थियो । विशेषगरी भोटेकोसी क्षेत्रमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उनले उद्धार तथा पुनर्निर्माणमा महासंघले देखाएको तत्परताको प्रशंसा गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)