मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

काठ किन्न नपाउने व्यवस्थाप्रति आपत्ति

annapurnapost.com · Sat Dec 31 00:48:00 GMT 2022

काठमाडौं : वन जंगलले बिक्री गर्ने काठ र दाउराको खरिद प्रक्रियामा आफूहरू सहभागी हुन नपाउने नियम सरकारले ल्याएको भन्दै फर्निचर व्यवसायीले सो नियम खारेजीको माग राखेका छन्। सरकारले ल्याएको वन नियमावलीका विभिन्न प्रावधानहरू विभेदपूर्ण रहेको भन्दै नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघले त्यस्तो नीति खारेज गर्न माग गरेको हो।

राजपत्रको नियम २५ ले काठ दाउरा लिलाम बिक्री प्रक्रियामा सहभागी हुनबाट फर्निचर व्यवसायीलाई वञ्चित गरेको महासंघको दाबी छ। काठको काम गर्ने मुख्य आधारका रूपमा रहेका फर्निचर उद्योगलाई मिलेमतोमा लिलामी प्रक्रियामा सहभागी हुनबाट वञ्चित गराइएको महासंघले बताएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)