दसैँअघि जग्गाको कित्ताकाट खुल्दै
ratopati.com · Thu Oct 08 12:55:43 GMT 2026

काठमाडौँ । सरकारले लामो समयदेखि रोकिएको जग्गाको कित्ताकाट आगामी दसैँअघि नै खुलाउने तयारी गरेको छ । भूमि व्यवस्थापन प्रशिक्षण केन्द्र र नेपाल जग्गा तथा आवास विकास महासङ्घको संयुक्त आयोजनामा सञ्चालित १५ दिने रियल इस्टेट एजेन्ट तालिमको समापन कार्यक्रममा बोल्दै भूमि व्यवस्था मन्त्रालयका सचिव मदन भुजेलले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
सचिव भुजेलले हालसम्म देशका ४२१ वटा स्थानीय तहले मात्र जग्गाको वर्गीकरण गरेको र बाँकीमा कित्ताकाट रोकिएको अवस्था रहेको स्वीकार गरे । ‘साउनदेखि रोकिएको कित्ताकाट खुलाउन मन्त्रालयले प्रक्रिया अगाडि बढाइसकेको छ । बाँकी रहेका स्थानीय तहका हकमा पनि दसैँअघि नै कित्ताकाट खुल्नेछ,‘ सचिव भुजेलले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)