घरजग्गा कारोबारका लागि इजाजत पत्र लिन विभागको आग्रह
hamrakura.com · Fri Aug 07 00:00:00 GMT 2026
काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गासम्बन्धी ठूलो कारोबार गर्ने फर्म, कम्पनी तथा संस्थाका लागि इजाजतपत्र लिनुपर्ने अनिवार्य व्यवस्थाको स्मरण गराएको छ। विभागले एक सूचना जारी गर्दै महानगरपालिका र उपमहानगरपालिका क्षेत्रभित्र ठूलो रकमको घरजग्गा कारोबार गर्न चाहने संस्थालाई आगामी २१ दिनभित्र अनलाइन आवेदन दिन आग्रह गरेको हो।
इजाजतपत्र प्राप्तिका लागि कारोबारको सीमाअनुसार दस्तुरसमेत तोकिएको छ। एकपटकमा पाँच करोड रुपैयाँसम्मको कारोबार गर्ने फर्म, कम्पनी वा संस्थाले पाँच लाख रुपैयाँ दस्तुर बुझाउनुपर्नेछ भने पाँच करोड रुपैयाँभन्दा बढीको कारोबार गर्नेले १० लाख रुपैयाँ दस्तुर तिर्नुपर्ने व्यवस्था गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)