प्रधानमन्त्री ओलीद्वारा ‘सेप्टेम्बर-११ राष्ट्रिय स्मारक केन्द्र’मा श्रद्धाञ्जली व्यक्त
thahakhabar.com

अमेरिका : संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज ‘वल्र्ड ट्रेड सेन्टर’ क्षेत्रस्थित ‘सेप्टेम्बर ११ राष्ट्रिय स्मारक केन्द्र’ मा पुगेर मृतकहरूप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन्। उक्त स्मारकलाई ९/११ स्मारकका रूपमा चिनिन्छ।
सन् २००१ मा अल कायदासम्बद्ध आतङ्ककारी समूहले अपहरण गरेको दुईवटा हवाइजहाज ट्वीन टावरमा ठोक्किँदा दुई हजार नौ सय ७७ जनाको दुःखद निधन भएको थियो। उक्त स्थानमा हाल सङ्ग्रहालय र वाटर पार्क निर्माण गरिएको छ। स्मारकमा मारिकाहरू सबैको तस्वीर र विस्तृत विवरणसहित विद्युतीय अभिलेख राखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)