मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

२७ जना सहसचिव महिनादेखि बरन्डामा

ekantipur.com · Fri Feb 23 00:51:12 GMT 2024

काठमाडौँ — प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले नै सरुवाबारे निर्णय नगर्दा बढुवा भएका २७ सहसचिव एक महिनादेखि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा हाजिर गरेर दिन बिताइरहेका छन् । प्रधानमन्त्री कार्यालय, संघीय मन्त्रालय र अर्थ मन्त्रालयबीच सहमति नभएका कारण कामै नगरी तलब बुझ्न बाध्य छन् । सहसचिवको पोस्टिङ र सरुवाको सूची महिनौंसम्म मुख्यसचिवको घर्रामा थन्क्याउने परम्परा नै बसालिएको छ ।

कुनै पनि मन्त्रालयमा जान चाहने, लैजाने र हटाउन चाहनेबीचको स्वार्थमा फरक–फरक व्यक्ति छनोट हुन थालेपछि सहसचिवको पोस्टिङ र सरुवामा जहिल्यै शक्तिकेन्द्रबीच टकराव पर्ने गरेको छ । गत माघको पहिलो साता दुई पटक गरेर ३० सहसचिव बढुवा भएकामा यसबीचमा तीन जना पोस्टिङ नै नभई अवकाश भइसकेका छन् । बढुवा भएका मध्ये १५ राजस्व समूहका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)