एक वर्षमा ४८ लाखभन्दा बढी बजेट खाना र विविधमा खर्च
deshsanchar.com · Wed Sep 25 17:07:13 UTC 2024

सिमकोट – हुम्लाको सिमकोट गाउँपालिकाले एक आर्थिक वर्षमा ४८ लाखभन्दा बढी बजेट (विविध) खाना र नास्ता खाएको देखिएको छ। महालेखा परिक्षकको कार्यालयले आर्थिक वर्ष ०७९।०८० को सिमकोट गाउँपालिकाको अन्तिम लेखा परिक्षण प्रतिबेदनमा सो खर्च भएको उल्लेख गरेको हो।
महालेखाद्धारा सार्वजनिक गरिएको अन्तिम लेखा परिक्षण प्रतिबेदनमा ४८ लाख ९४ हजार रुपैयाँ सिमकोट गाउँपालिका एक आर्थिक वर्षमा खाना र बिबिध शिर्षकमा खर्च गरेको उल्लेख गरेको छ। यो खर्च कर्मचारी तथा जनप्रतिनिधिहरुले खाना, खाजा, चिया, अतिथि सत्कार जस्ता कार्यमा गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)