पदकतालिकामा नर्वे र स्विडेन अगाडि
nepalghatana.com · Mon Feb 07 16:21:30 GMT 2022
चीनको बेइजिङमा शुक्रबारबाट सुरु भएको विन्टर ओलम्पिकको पदकतालिकामा नर्वे र स्विडेन अगाडि रहेका छन् । नर्वेले पहिलो दिन नै दुई स्वर्णपदक जितेको थियो । त्यसबाहेक एक कास्यसहित तीन पदकका साथ नर्वे शीर्षमा छ ।
यस्तै स्विडेनले दुई स्वर्णपदक जितेको छ । तेस्रो नम्बरमा रहेको रसियन टोलीले एक स्वर्ण, दुई रजत र एक कास्य पदक जितेका छन् । यस्तै चौथो स्थानमा रहेको नेदरल्यान्ड्सले एक स्वर्ण र एक रजत पदक जितेको छ । त्यसपछि स्लोभेनियाले एक स्वर्ण र एक कास्य, आयोजक चीनले एक स्वर्ण, न्युजिल्यान्डले एक स्वर्ण जितेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)