मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गम्भीर मुद्दाको अनुसन्धान ६ दिनमै कसरी सकिन्छ ?

ekantipur.com · Tue Feb 06 21:18:06 GMT 2024

बाँसबारी छालाजुत्ता उद्योगको जग्गा घोटाला काण्डमा जिल्ला अदालत काठमाडौंले सोमबार दिएको आदेश न्यायिक परीक्षणको विषय बन्नुपर्ने अवस्था आएको छ । २ दिनभित्र अनुसन्धान पूरा गनूर्, अन्यथा अरुण चौधरीलगायतका अभियुक्तलाई जमानतमा छाड्नू भन्ने आदेश अदालतबाट आएको छ । यस्तो आदेश आजसम्म सुनिएको थिएन । कुनै पनि मुद्दा अनुसन्धान गर्न कानुनले बढीमा २५ दिनसम्म समय दिने गरेको छ ।

अझ संगठित अपराधमा अनुसन्धान गर्न प्रहरीलाई ६० दिन र लागूऔषधको केसमा ९० दिन समय दिने कानुनी प्रावधान छ । अभियुक्तहरूले आफूसँग भएका प्रमाण नष्ट गर्न नसकून्, अनुसन्धान राम्रो तरिकाले होस् भनी अभियुक्तलाई न्यायिक हिरासतमा राखी अनुसन्धान गर्ने प्रावधान छ । अनुसन्धानपश्चात् मात्र अभियुक्तलाई कुन मुद्दा चलाउने वा नचलाउने, कति सजायको माग गर्ने भन्ने निर्णय सरकारी वकिलले गर्छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)