डिजिटल भोटिङमा जान किन डरायो कांग्रेस ?
kendrabindu.com · Thu Oct 08 13:50:49 GMT 2026

काठमाडौं । १५औँ महाधिवेशन प्रविधिमैत्री र डिजिटल महाधिवेशन गर्ने ठूलो हल्ला गरे पनि नेपाली कांग्रेस परम्परागत कागजी मतपत्रमै फर्किएको छ। सुरुमा विद्युतीय भोटिङ मेसिनबाट मतदान गराउने तयारीबारे व्यापक चर्चा गरिए पनि अन्तिम समयमा आएर पार्टीले कागजी विधिलाई नै सुरक्षित ठानेको हो।
सुरुमा कांग्रेसले नेपालमै विद्युतीय भोटिङ मेसिन बनाउने प्राविधिक टोली ‘राम–लक्ष्मण’ सँग समेत परामर्श गरेको थियो। महाधिवेशनमा ७ हजार ५ सयभन्दा बढी प्रतिनिधि र सयौँ उम्मेदवार रहेकाले एउटै मेसिनबाट धेरै क्लस्टर र धेरै पदमा मतदान गराउनुपर्ने अवस्था रहेको थियो। सोही कारण केही प्राविधिक चुनौती र नतिजा आउन लाग्ने समय लाग्ने देखिएकाले कांग्रेसले कागजी मतपत्र रोजेको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)