ओमानको प्रतिनिधिमण्डल र कृषि मन्त्रीबीच द्विपक्षीय सहयोगसम्बन्धी छलफल
baahrakhari.com · Thu Oct 08 13:52:36 GMT 2026

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरी र नेपाल भ्रमणमा रहेका ओमानको प्रतिनिधिमण्डलका प्रमुख शेख खलिफाबीच आज कृषि, वन तथा पर्यावरण मन्त्रालयमा भेटघाट भएको छ ।
भेटका क्रममा नेपाल र ओमानबीचको द्विपक्षीय सम्बन्ध सुदृढ गर्दै कृषि, वन, वातावरण, रासायनिक मल आपूर्ति, व्यापार, जलवायु परिवर्तन तथा श्रम सहकार्यका क्षेत्रमा सहयोग विस्तार गर्ने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)