टोखामा प्रहरीले चलायो गोली, हत्या आरोपी पक्राउ
barnanmedia.com · Sun Mar 02 22:31:10 GMT 2025

काठमाडौंको टोखामा प्रहरीको गोली प्रहारबाट सुटर घाइते भएका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता काजी कुमार आचार्यका अनुसार गोली प्रहार गरेर भारतीय सुटर गुड्डु पटेललाई पक्राउ गरिएको हो।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गर्न ४ राउण्ड गोली चलाएको थियो। आरोपीलाई खुट्टामा गोली लागेको छ। पटेललाई उपचारका लागि ट्रमा सेन्टरमा लगिएको छ। उनको खुट्टामा गोली लागेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)