फौजदारी न्याय प्रणालीका चुनौती
ratopati.com · Thu Oct 08 14:15:00 GMT 2026

नेपालमा फौजदारी न्यायको इतिहास धेरै पुरानो छ । किराँत, लिच्छवि, मल्ल र शाहकालमा धार्मिक ग्रन्थ, परम्परा, राजाज्ञा तथा स्थानीय न्यायिक व्यवस्थाका आधारमा अपराध र सजायसम्बन्धी व्यवस्था सञ्चालन भएको पाइन्छ । आधुनिक कानुनी संहिताको महत्त्वपूर्ण सुरुवात भने वि.सं. १९१० मा जङ्गबहादुर राणाको समयमा जारी भएको मुलुकी ऐनबाट भएको मानिन्छ । नेपाल कानुन आयोगले पनि वि.सं. १९१० को मुलुकी ऐनलाई नेपालको आधुनिक कानुनी इतिहासको महत्त्वपूर्ण प्रारम्भका रूपमा उल्लेख गरेको छ ।
वि.सं. १९१० पौष ७ गतेदेखि नेपालमा जारी भएको मुलुकी ऐनको प्रस्तावनामा ‘शास्त्रबाट मात्र कालका प्रभावले सबै व्यवहार चल्न नसक्दा छोटाबडा सबैलाई कसुरअनुसार एकै सजाय होस्, घटीबढी नपरोस् भन्नका निमित्त हाम्रा महान् पूर्वज तत्कालीन श्री ५ बाट उस बखतका प्राइममिनिस्टरलाई हुकुम बक्सँदा बनी तयार भई संवत् १९१० साल पौष बदि ७ रोजका दिनदेखि लागू भएको’ भनी उल्लेख भएको पाइन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)