मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पैरेबेँसी–शान्तिबजार खण्डमा तुइन सञ्चालन

gorkhapatraonline.com · Thu Oct 08 14:11:14 GMT 2026

भदौ १० गतेको भोटेकोशी बाढीका कारण सडक सञ्जाल अवरुद्ध भएको ४४ दिनपछि उत्तरगया गाउँपालिकाका स्थानीयवासीको आवतजावतलाई सहज बनाउन आजदेखि पैरेबेँसीबाट नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिका–५ स्थित शान्तिबजार जोड्ने गरी तुइन सञ्चालनमा ल्याइएको छ ।

बाढीले आवागमन ठप्प भएपछि उत्तरगया–१, २ र ३ का बासिन्दा लामो समयदेखि यातायातको पहुँचबाट वञ्चित भएका थिए । तुइन सञ्चालनमा आएसँगै स्थानीयको दैनिक आवतजावत र खाद्यान्न ढुवानीमा केही सहजता थपिएको छ । यात्राको संवेदनशीलता र सुरक्षालाई ध्यानमा राख्दै तुइनबाट एक पटकमा एक जना मात्र आवतजावत गर्न पाउने व्यवस्था गरिएको स्थानीय समाजसेवी दिलकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)