मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पोखरालाई किन पर्यटकीय राजधानी बनाउने ?

abhiyandaily.com

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले यसलाई पर्यटकीय राजधानी घोषणा गराउन पहल गरेका छन् । उनी नेकपा समाजवादीबाट मेयर बनेका हुन् र अहिले पर्यटनमन्त्री पनि सोही दलका रहेका छन् । त्यसैले यो प्रस्ताव मन्त्रिमण्डलमा जाँदै छ भन्ने समाचार आएको छ । त्यसो हो भने यो निकै सकारात्मक हुनेछ । यद्यपि यो माग अहिलेको होइन, पुरानै हो ।

नेपालमा पर्यटन विकासको ढोका नै गण्डकी प्रदेशबाट खुलेको मानिन्छ । पोखराको उत्तरतर्फ रहेको अन्नपूर्ण हिमालको सन् १९५० मा भएको सफल आरोहणपश्चात् नै नेपाल (१९५१ देखि) पर्यटकका लागि औपचारिक रूपमा खुला गरिएको थियो । त्यसपछि नै देशमा विस्तारै पर्यटनका गतिविधि सञ्चालनमा आएको देखिन्छ । पोखरामा होटेल, रेस्टुराँ, ट्राभल्स तथा टे«किङ एजेन्सीहरूले सामूहिक रूपमा पर्यटन विकास तथा प्रवर्द्धन गर्न २०५३ सालमा पोखरा पर्यटन परिषद्को स्थापना भएको थियो । हाल पोखरामा पर्यटन प्रवर्द्धन गर्न विभिन्न कार्यक्रम हुँदै आएका छन् भने पर्यटनका नयाँ नयाँँ प्रडक्ट पनि आइरहेका छन् । पूर्वाधारमा पनि लगानी निकै बढेको छ । पोखरालाई केन्द्र बनाएर आउने पर्यटकलाई लक्षित गरेर वरपरका क्षेत्रमा समेत पर्यटकीय पूर्वाधारमा ठूलो लगानी भइरहेको छ । कुश्मामा बन्जी जम्पलगायत साहसिक पर्यटनका गतिविधि खुलेका छन् । सौराहा र लुम्बिनीको पर्यटन पनि पोखरासँग जोडिएका छन् । त्यसैले यसलाई पर्यटकीय राजधानी घोषणा गर्नु उपयुक्त हुन्छ । पोखरामा ७ सयभन्दा बढी पर्यटक स्तरका होटेल, डेढ सयभन्दा बढी रेस्टुराँ, त्यसैको अनुपातमा ट्राभल एजेन्सी सञ्चालनमा रहेको देखिन्छ । काठमाडौंमा रहेका ट्राभल एजेन्सीको प्रमुख व्यवसाय पनि पोखरामा नै बढी केन्द्रित देखिन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)